काठमाडौं उपत्यकामा सनिबार यति धेरै कोरोना संक्रमित

0
42
कोरोना संक्रमित

ओकाठमाडौं ,पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा एक हजार ७४६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक हजार ४५१ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार ७४६ जनामा कोरोना पुष्टि भएको बताए । प्रवक्ता गौतमले काठमाडौँमा १ हजार ४५१ भक्तपुरमा १४३ ललितपुरमा १५२ संक्रमित भएको बताए ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ३१ सय ६७ कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका १७ सय ४६ जना हुन् । पछिल्लो २४ घण्टामा एक हजार ८०० संक्रमित निको भएर घर फर्किएका छन् ।नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here