नविल बैंकका प्रमुख (सीईओ) अनिल केशरी शाहलाई कारोना संक्रमण

0
40
अनिल केशरी शाह

काठमाडौं, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ भनी ट्विटरमा मार्फत जानकारी दिएका छन। शनिबार पीसीआर परीक्षण गर्दा आफूमा कोरोना संक्रमण देखिएको उनले बताएका छन्।गत बुधबार आफूले स्वाद गन्धहरु पाउन छाडेपछि परीक्षण गर्दा संक्रमण नदेखिएको तर पनि आफूलाई आशंका लागेका कारण आइसोलेसनमै बसेको उनले जनाएका छन्।शनिबार पुनः परीक्षण गर्दा भने कोभिड–१९ देखिएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।‘तपाईंहरुको शुभेच्छा र प्रार्थनाबाट छिट्टै कोरोना परीक्षण नेगेटिभ आउने आशा गरेको छ,’ उनले ट्विटरमा लेखेका छन्।

यो पनि,गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी स्याङ्जामा ५ जना, तनहुँमा १५ जनामा संक्रमण देखिएको छ। त्यसैगरी चितवन मेडिकल कलेजको ल्याबमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ५ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको हो।

सबैभन्दा धेरै संक्रमित नवलपरासीमा देखिएका छन्। त्यहाँका १९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएकाहरु गैडाकोट, कावासोती, देवचुली र मध्यविन्दुका रहेका छन्।त्यसैगरी कास्कीको पोखरा नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ। गोरखामा तीन जना, तनहुँमा एक जना र लमजुङमा एकजनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएको छ। यससँगै गण्डकीमा संक्रमितको संख्या ५ हजार ६ सय ८५ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here