काठमाडौं उपत्यकामा आज आईतवार पनि यती धेरै कोरोना सन्क्रमित

0
213
कोरोना सन्क्रमित

काठमाडौं, पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना नयाँ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

तेस्तै पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार ९४२ सङ्क्रमित थपिएका छन् । १४ हजार ८७५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म १२ लाख ८३ हजार ३५४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । जसमध्ये एक लाख ३२ हजार २४६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो चौबीस घण्टामा दुई हजार ३२६ जना सन्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९२ हजार १६६ जना सन्क्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतवार १४ हजार ८ सय ७५ लाई पीसीआर गरिएको थियो। पछिल्लो २४ घण्टामा औषतमा ५ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ।हालसम्म सक्रिय संक्रमित संख्या ३९ हजार ३ सय ४१ छ। जम्मा संक्रमित संख्या १ लाख ३२ हजार २ सय ४ ४६ रहेको गौतमले बताए।

२ हजार ३ सय २६ जना आज डिस्चार्ज भएसँगै नेपालमा संक्रमण ठिक हुनेको संख्या ९२ हजार १ सय ६६ रहेको छ। आइतवार १२ जनाको संक्रमबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म मृत्यु हुनेको संख्या ७३९ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here