अब सार्वजनिक यातायात मास्कसँगै फेस सिल्ड अनिवार्य

0
46
फेस सिल्ड

काठमाडौं, अव सार्वजनिक यातायात चढ्दा मास्कसँगै फेस सिल्ड अनिवार्य लगाउनु पर्ने भएको छ ।यातायात व्यवस्था विभागले कोभिड १९ बाट सुरक्षित रहन मास्कसँगै फेस सिल्ड प्रयोग गर्न अनिवार्य भएको बताएको हो।अब सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेस सिल्ड प्रयोग गर्नुपर्ने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले बताए । उनका अनुसार मास्क लगाएजस्तो अब यात्रुहरूले फेस सिल्ड पनि अनिवार्य प्रयोग गर्नुपनर्छ ।

विभगले यसरी फेस सिल्डको प्रयोग गर्दा संक्रमण जोखिम कम हुने विश्वास राखेको छ । विभागले यो नियम यथाशिघ्र कार्यान्वयन गर्न सर्वसाधरणलाई अपिल गरेको छ। विभागले उक्त निर्णय कार्यान्वयन गराउन ट्राफिक प्रहरी लगायत सबै निकायलाई जानकारी गराईसकेको जनाएको छ ।तेस्तै पाँच महिना लामो बन्दाबन्दीपछि यातायात सुचारु गर्दा सिट क्षमताको आधा यात्रु राख्न पाउने मापदण्ड बनाएर असोज १ देखि ५० प्रतिशत भाडा वृद्धि गरेको थियो । वृद्धि गरिएको उक्त भाडा मन्त्रिपरिष्दको असोज २६ को निर्णयले घटाएर पूर्ववत् कायम गरेको थियो ।

व्यवसायीले शनिबारबाट पूर्ण सिट क्षमतामै यात्रु राखेका छन् ।सार्वजनिक यातायातका साधनमा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी गरिएको सुरक्षा मापदण्ड पूर्ण पालना गर्नुपर्ने विभागले जनाएको छ तर पूर्ण सिट क्षमतामा यात्रु राखेपछि सामाजिक दूरी कायम हुन नसक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले भाडा घटाएर पुरानै कामय गरिनु भनेको पूर्ण सिट क्षमतामा चलाउन भनेको दाबी गर्दै आजैबाट बसका सबै सिटमा यात्रु राखिएको जानकारी दिनुभयो । तर मन्त्रिपरिषद्को निर्णयले भाडा घटाए पनि सिट क्षमताको बारेमा कुनै निर्णय गरेको छैन । विभागले पनि भाडा घटाइएको सूचना सार्वजनिक गरेको छ तर पूरै सिटमा यात्रु राख्ने नराख्ने भन्नेबारेमा उल्लेख गरिएको छैन ।

ट्राफिक प्रहरी प्रवक्ता रामेश्वरप्रसाद यादवका अनुसार शनिबार ३ः०० बजेदेखि पूरै सिटमा यात्रु राख्न दिइएको छ । उहाँले भन्नुभयो, “आज ३ः०० बजेदेखि पुरानै व्यवस्थाअनुसार सार्वजनिक यातायात चलेका छन् । पुरानै भाडा र पूरै सिटमा यात्रु राखिएको छ । ” लामो तथा मध्यम दूरीका सवारीसाधनलाई मात्र पूरै सिट खुला गरिएको तर सहरी क्षेत्रका सार्वजनिक सवारीसाधनमा भने सिट क्षमताको आधा कायम गरिएको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here