सामाजिक सञ्जालमा फैलिएको कर्फ्यू लाग्ने हल्ला निराधार, यस्तो छ् विज्ञप्ति

0
67
गृह मन्त्रालय

काठमाडौं, गृह मन्त्रालयले दशैँको समयमा कर्फ्यू लाग्ने भन्ने सामाजिक सञ्जालमा आइरहेको समाचार हल्ला राधार भएको प्रस्ट पारेको छ ।सोमवार मोवाइल, सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यममा संवेदनशीलतालाई जोडी संकटकाल लाग्ने भन्ने विषयमा सत्यता नभएको समेत गृहले जनाएको छ । त्यस्तै उक्त घटनाबारे छानबिनको प्रक्रिया अघि बढिसकेको समेत गृहका प्रवक्ता चक्र बहादुर बुढाले जानकारी दिए ।

गृहले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, “आज कार्तिक ३ गते मोबाइल, सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल कफ्र्यू लाग्ने भन्ने सूचना सम्प्रेषित गरेकोले यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । उक्त सूचना तथ्यहिन, भामक, निराधार र गलत भएको व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ । गृह मन्त्रालयले यस घटनालाई गम्भीरतापूर्वक लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइसकेको व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।“

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र साइबर ब्यूरोले यसबारे अनुसन्धान शुरु गरेका छन् । मोबाइलमा पिएससी युजरबाट ‘ग्रुप मेसेज’आएपछि सो सूचना भाइरल भएको छ । सूचनामा आपतकालिन अवस्था आएकोले कफ्र्यु लगाएको र सशस्त्र प्रहरीले एयर ट्राफिक मनिटर गरेर सम्भावित चुनौती साम्य पार्न पार्न लडिरहेको उल्लेख छ ।विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here