पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

0
660
ग्यास

जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ । बेस्सरी मसला हालेको खाना खाएर एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ ।

यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन् ।१. अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ ।

२. ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस् । ग्यासको समस्या तत्काल निको हुन्छ ।३. तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन् ।

४. बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ ।

५. जिरा कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन । -एजेन्सी

छिटोछिटो पिसाब लाग्ने समस्या छ ? अपनाउनुस् यी घरेलु उपाय

प्रायः मानिसहरू शरीरका ससाना समस्यालाई बेवास्ता गर्छन् । जस्तो, घरीघरी पिसाब आउनु । दिनमा पाँचचोटिसम्म पिसाब आएको ठीकै हो किनकि यसबाट मिर्गौला स्वस्थ रहेको जानकारी पाइन्छ तर १०–१५ चोटि आयो भने चाहिँ खतरनाक पनि हुन सक्छ ।

छिटछिटो पिसाब आउनु भनेको मधुमेहको पनि लक्षण हुन सक्छ । तपाईंलाई पनि यो समस्या छ भने चिकित्सककहाँ गएर जँचाइहाल्नुस् । तर यसका साथसाथै केही घरेलु उपाय अपनाउनुभयो भने पनि समस्याबाट मुक्ति पाउनुुहुन्छ ।

दही-
दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ जसले शरीरमा कीटाणु बढ्न दिँदैन । दिनदिनै दही खाने गर्नुभयो भने घरीघरी पिसाब आउँदैन ।

तिल-कैलो तिलको दानासँग सक्खर वा ज्वानो खानुभयो भने पनि पिसाबको समस्याबाट मुक्ति पाइन्छ ।मह र तुलसी
एक चम्चा महका साथ तीनचारवटा तुलसीका पात मिसाएर खाली पेटमा खानुभयो भने समस्या समाधान हुन्छ ।

कुलथी-अलिकति कुलथीलाई सक्खरसँग बिहानबिहानै खानुभयो भने पनि मूत्र समस्याबाट मुक्त हुनुहुनेछ ।

अनार-अनारको बोक्रालाई पिँधेर त्यसमा पाँच ग्राम पानी मिसाएर पेस्ट बनाउनुस् । दिनदिनै त्यो खानुभयो भने घरीघरी पिसाब लाग्दैन ।

मेथी-मेथीको धूलोमा सुक्खा अदुवा र मह मिसाएर पानीसँग दिनमा दुईचोटि पिउनुभयो भने पनि लाभ पाउनुहुन्छ ।एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here