आज सातौ दिन फूलपाती भित्र्याइँदै

0
11
फूलपाती

काठमाडौं, आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व नवरात्रको सातौँ दिन शुक्रबार घटस्थापना गरिएको स्थानमा फूलपाती भित्र्याइँदै छ । दारिम, कटुुस, उखु, अदुवा, केराको पातसँगै पुष्पगुच्छा सहितको यो फूलपातीलाई स्वच्छ र शुद्ध रहेर घटस्थापना गरिएको स्थानमा अर्पण गरिन्छ ।

नुमानढोका दरबारस्थित दशैँघरमा शुक्रबार करिब सवा तीन बजे गोरखाबाट धादिङको धुनीबेँसी हुँदै जमलमा आशागुर्जा र कल्स्यौँडी सहितको फूलपाती ल्याइनेछ । त्यसलाई हनुमानढोका दरबारबाट स्वागतका लागि आएको सरकारी टोलीले दशैँघरमा फूलपाती भिœयाउने तय भएको नेपाली सेनाको शार्दुलजङ््ग गुल्मपति विकास शाक्यले जानकारी दिनुभयो ।हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याउन लागेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र पूरा गरिने जनाइएको छ । राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार संग्रहालय विकास समितिले जनाएको छ ।

कोरोनाबाट बचाउ गर्दै थोरै कर्मचारी यो समारोहमा सहभागी हुँदैछन् । अमालकोट कचहरी कार्यालयको तुलजा भवानीमा पनि अमालका द्वारेबाट फूलपाती भित्र्याइँदैछ । यसैबीच योपल्ट वर्षको एक दिन महानवमीका दिन सर्वसाधारणका लागि खुला हुने हनुमानढोकास्थित तुलजा भवानी यसपालि कोरोनाकै कारण खुल्ने छैन । भवानीका मूल पुजारी उद्धव कर्माचार्यका अनुसार तुलजामा यो दिन साबिक पूजा भने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here