नेपालमा आज फुलपातिको दिन पनि यति धेरै कोरोना संक्रमित

0
180
कोरोना संक्रमित

काठमाडौं ,पछिलो २४ घन्टामा नेपालमा कोरोनाका ४,४९९ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६ हजार ८६४ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १६ हजार ८६४ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा चार हजार ४९९ जनामा संक्रमणको पुष्टि भएको जनाएको हो ।थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमित एक लाख ५३ हजार आठ पुगेको छ ।

हाल ४६ ह्जार ६९१ जनामा भाइरसको संक्रमण सक्रिय रहेको छ ।मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ६८८ जना कोरोना संक्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख पाँच हजार ४८८ संक्रमित निको भएर घर फर्केका छन् ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १७ जना संक्रमितको मृ,त्यु भएको छ । यो सँगै कोरोना भाइरसबाट मृ,त्यु हुनेको संख्या ८२९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here