शुक्रबार पनि काठमाडौं उपत्यकामा यति धेरै कोरोना संक्रमित

0
312
कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा कोरोना २,७२० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो चौबीस घण्टामा २,७२० जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३५७ , ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनालाई कोरोना संक्रमण देखिएको छ ।योसँगैकाठमाडौंमा संक्रमितको संख्या ५४ हजार २४५ पुगेको छ । जसमध्ये १८६ संक्रमितको मृत्यु भएको छ। काठमाडौंमा २० हजार १९६ संक्रमित निको भएका छन् ।त्यसैगरी, भक्तपुरमा हालसम्म ५ हजार ४८ संक्रमित पुगेका छन् ।

५४ जनाका संक्रमितको मृत्यु भएको छ भने हालसम्म १ हजार ३६५ जना संक्रमित निको भएका छन् ।ललितपुरमा मा संक्रमितको संख्या ७ हजार ५६० पुगेको छ । ललितपुरमा हालसम्म ५३ संक्रमितको मृत्यु भएको छ भने २ हजार ५७४ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४९९ जना संक्रमित भएका छन् । संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।तेस्तै , पछिल्लो चौबीस घण्टामा देशैभरि चार हजार ४९९ जना सङ्क्रमित थपिएका छन् । १६ हजार ८६४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा हाल २४ हजार १३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपत्यकाका तीन जिल्लामा हालसम्म ४२ हजार ४२५ जना निको भएका छन् । उपत्यकामा कोरोना सङ्क्रमणबाट हालसम्म २९३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।पछिल्लो चौबीस घण्टामा दुई हजार ६८८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख पाँच हजार सङ्क्रमित निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here