फ्रान्समा अहिले सम्मकै धेरै एकैदिन ४१ हजारभन्दा बढी कोरोना संक्रमित

0
37
कोरोना संक्रमित
photo: social media

काठमाडौं, फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।अहिले सम्मकै धेरै फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् ।यो संख्या सँगै कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार यस संक्रमणबाट फ्रान्समा करिब १० लाख संक्रमित पुगेका छन् । यहाँ गएको २४ घन्टामा १६५ जनाको निधन पनि भएको छ ।योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३५ हजार २१० जना पुगेका छन् । यहाँ गत हप्ता मात्र १० हजार १६६ जना संक्रमित अस्पताल भर्ना भएका छन् । तीमध्ये १ हजार ६२७ जनालाई आइसियुमा भर्ना गरिएको छ । अधिकारीहरुले पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसको संक्रमण निकै दु्रत गतिमा बढ्दै गएको बताएका छन् ।अधिकारीहरुले दोस्रो चरणको वेभ आएको हो कि भनेर पनि विश्लेषण गरिरहेका अधिकारीहरुले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्,फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।यो संख्या सँगै कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार यस संक्रमणबाट फ्रान्समा करिब १० लाख संक्रमित पुगेका छन् । यहाँ गएको २४ घन्टामा १६५ जनाको निधन पनि भएको छ ।

योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३५ हजार २१० जना पुगेका छन् । यहाँ गत हप्ता मात्र १० हजार १६६ जना संक्रमित अस्पताल भर्ना भएका छन् । तीमध्ये १ हजार ६२७ जनालाई आइसियुमा भर्ना गरिएको छ । अधिकारीहरुले पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसको संक्रमण निकै दु्रत गतिमा बढ्दै गएको बताएका छन् ।अधिकारीहरुले दोस्रो चरणको वेभ आएको हो कि भनेर पनि विश्लेषण गरिरहेका अधिकारीहरुले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here